पार्टीलाई भड्खालोमा नहालौँ, … यो सम्झौताको विरोध गर्छु : गगन थापा !

फाइल फोटो

काठमाडौँ, गिरिजाप्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् ।

महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थापा भन्छन्, ‘ पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर, खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने हो भने पार्टी ठूलो भड्खालोमा लिएर जान्छ । यो नगरौं । केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं । ‘

गत बुधबार मंत्री कोइरालाले धर्मको साथ साथै गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका थिए भने ठिक एक दिन पछाडी चितवनमा उनले आफ्नो बोली फेरेका थिए ।

थापा भन्छन्, ‘ ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर सुरु गर्ने । तल गएर केके लेख्यौं केके लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं । ‘

उनले गिरिजा प्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा निकै आवश्यक रहेको पनि बताए । उनले सहमति विधानमा रहेर मात्र खोज्नु पर्ने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया