काठमाडौँ, हाल मात्रै अष्ट्रेलियामा एक व्यक्तीले सहकर्मीले पादेको निहुमा मुद्दा हालेका छन् ।
अष्ट्रेलियाको मेलबर्न सिटिमा एकजना व्यक्तिले आफ्नै सहकर्मी विरुद्ध पादेको भन्दै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका छन् । निर्माण इन्जिनियर रहेका ती व्यक्तिले आफ्ना सहकर्मीले हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गरेको आरोप लगाएका छन् ।
हरेक दिन सहकर्मीको पादले कार्यालयमा काम गर्ने वातावारण नै नभएको हुँदा आफुले मुद्दा हालेको उनले बताएका छन् । सहकर्मीको पादले आफ्नु व्यक्तिगत रुपले पिडित भएको उनको भनाई छ ।
डेभिड नामका ती ५६ बर्षीय इन्जिनियरले पदुवा सहकर्मी विरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको बताएका छन् ।
मुद्दाको अन्तिम फैसला आउँदो शुक्रबार हुने बताइएको छ ।