१६ फागुन, काठमाडौं :पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा बन्दी बनाइएका भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतलाई सुम्पने घोषणा गरेका छन् ।हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए। सोही क्रममा उनी पाकिस्तानी पक्षको नियन्त्रणमा पुगेका हुन्।
इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् ।
यसअघि भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो ।
पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई बुधबार खसालेको थियो । भारतले सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको भोलिपल्टै पाकिस्तानले फिर्ता गर्ने बताएको हो।प्यारासुटबाट हाफ फालेर ज्यान बचाएका भारतीय लडाकु विमानका चालक वर्तमानलाई पाकिस्तानी गाउँलेले घेरेका थिए।
गाउँलेलाई झुक्याउँदै फायरिङ गरेर भाग्ने क्रममा उनी अप्ठेरो ठाउँमा लडेपछि पक्राउ भएका हुन् ।
एजेन्सीको सहयोगमा