पाइलट प्रोजेक्ट : काठमाडौँका सार्वजनिक यातायातमा जिपिएस जडान !

फाइल फोटो

काठमाडौँ, यस आर्थिक भित्र पाइलट प्रोजेक्टको रूपमा काठमाडौंका सार्वजनिक यातायातमा जिपिएस जडान गर्ने योजनामा विश्व बैंकले सहयोग गर्ने भएको छ । २०७६ पौष १५ भित्र उक्त काम सकिने गरी यस प्रोजेक्टको लागी विश्व बैंकले ‘ नो अब्जेक्सन ‘ दिएको यातायात व्यवस्था विभागले बताएको छ ।

बैंकको स्वीकृतिसँगै प्रोजेक्टको मोडालिडी बनाउने पक्रिया सुरू भैसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताएका छन् । सार्वजनिक यातायात पश्चात सरकारी गाडीहरुमा पनि यो पद्दति लागे गर्न सकिने उनले बताएका छन् । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनको लागी यो प्रक्रिया ल्याउन लागिएको हो ।

यसबाट ट्राफिक प्रहरीले सजिलै ट्र्याकिङ गर्न सक्नेका साथै गति थाहा पाउन पनि सजिलो हुने उनले बताएका छन् । यसले सार्वजनिक यातायातको विकृति हटाउन र घटना नियन्त्रण गर्न पनि सजिलो हुने विभागको विश्वास छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार उक्त योजना राम्रो भएता पनि यसको लागी अनुसन्धान गरिनु पर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया