काठमाडौँ, १६ /दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु सा’ढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र स’रकारी स्वा’मित्वमा स’ञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट रु पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।
निजी क्षेत्रका दूग्ध व्य’वसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको ख’पतमा कमी आए तापनि तीन गुणा बढी ख’पत भएको छ । “गत वर्ष असार पन्ध्रका दिन माग अनुसारको दही पु¥याउन एक सातादेखि मौ’ज्दात राख्नुपथ्र्याे तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार ख’पतमा सहज भयो”, उहाँले भन्नुभयो ।
१० प्र’तिशतले कमी
गत वर्षको तुलनामा यस वर्ष डिडिसीको दही ख’पतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा ख’पत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृ’द्धि हुँदा ख’पतमा कमी आएको डिडिसीले जनाएको छ ।डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको छ । अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने बि’क्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष निजी र स’रकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही बि’क्री भएको थियो ।







