पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास सम्पूर्ण नाकाहरु शिल सिआइबी। टोली। पाचथर हानीयो।

फाइल फोटो

काठमाडौँ, पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राती भएको उक्त विभत्स घटना बारे त हामी सबै अवगत नै छौं । घटनासंग सम्बन्धित मान्न सकिने केहि थप रहश्यहरु पनि खुलेका छन् भने घटनामा संलग्न रहेको अनुमान गरिएका मृतक परिवारका कान्छा ज्वाईं पनि मृत अवस्थामा भेटि पछि घटना झन पेचिलो बन्दै गएको छ ।

घटनाबारे प्रहरीले उक्त घटना ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरि दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित हुन सक्ने प्रारम्भिक अनुमान पनि गरेको छ ।

घटनास्थलबाट भागेर बाँच्न सफल भएकी १२ बर्षीय सिता खुजुमको गम्भीर अवस्थामा हाल उपचार भैरहेको छ । पाँचथर प्रहरीस्रोतका अनुसार हत्याको योजना बनाउनेले १० जनालाई मार्ने र दुबै परिवारको बंश नास गर्ने योजना बनाएको हुनसक्ने अनुमानमा प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

यस अनुसन्धानको लागी केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबी पाँचथर प्रस्थान गरेको छ । सीआईबीले घटनाबारे अनुसन्धान गर्नको लागी एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक टोलि खटाएको हो । उक्त टोलीमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृत रहेका छन् । प्रहरीका अनुसार संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा समेत तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटाइएको छ ।

प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलमा जाने तयारीमा रहेको बुझिएको छ भने अनुसन्धानको लागि प्रहरीले सम्पूर्ण नाकाहरु समेत शिल गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया