पाँचथर हत्याकाण्डको केही घण्टा नबित्दै सोही स्थानमा अर्को एक घटना !

फाइल फोटो

काठमाडौँ, पाँचथर हत्याकाण्डको केही घण्टा नबित्दै सोही गाउँमा एक अर्को घटना घटेको छ । त्यहि गाउँमा एक युवक झुन्डिएको अवस्थामा भेटिएका छन् ।

एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले जानकारी दिएकी छिन् । युवकको पहिचान हुन सकेको छैन ।

झुन्डिएको अवस्थामा एक युवक देखे पश्चात स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाए बित्तिकै प्रहरी घटनास्थल तर्फ लागेका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्ने युवकको केही विवरण आउन सकेको छैन । अनुसन्धान पश्चात पूर्ण विवरण आउने प्रहरीले बताएका छन् ।

केहि घण्टा अघि मात्र पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया