पाँचथर सामूहिक हत्या प्रकरण : गृहमन्त्री थापाले खोले मुख (भिडियो सहित)

काठमाडौँ,  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राती भएको उक्त विभत्स घटना बारे त हामी सबै अवगत नै छौं । घटनासंग सम्बन्धित मान्न सकिने केहि थप रहश्यहरु पनि खुलेका छन् भने घटनामा संलग्न रहेको अनुमान गरिएका मृतक परिवारका कान्छा ज्वाईं पनि मृत अवस्थामा भेटि पछि घटना झन पेचिलो बन्दै गएको हो ।

घटनाबारे प्रहरीले उक्त घटना ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरि दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित हुन सक्ने प्रारम्भिक अनुमान पनि गरेको थियो । प्रहरीले मृत अवस्थामा भेटिएका मृतक परिवारका कान्छा ज्वाईले नै हत्या गरेको हुन सक्ने आनुमानको साथ घटनाको अनुस्क़न्धान अघि बढाएको छ ।

यस्तैमा बुधबार संघीय संसदमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गरेन प्रतिबद्धता जनाएका छन् ।

साथै उनले उक्त घटनाको छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न स्थानियलाई आव्हान समेत गरेका छन् । उक्त घटनामा भागेर आफ्नी ज्यान बचाउन सफल भएकी सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया