काठमाडौँ, पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।
उक्त घटनामा भागेर बाँच्न सफल १२ बर्षीय बालिका सीता खाजुमले प्रहरी समक्ष बयान दिएकी छिन् । उनले उक्त हत्याराले आफ्नो नाक मुख छोपेर आई सबैलाई मारेको उनले बताएकी छिन् ।
उनले केही व्यक्ती कपडाले अनुहार छोपेर नाचिनिनी गरी आएका र धारिलो हतियार प्रहार गरी मारेका बताएकी छिन् । उनले भनिन्, ‘ पालैपालो सबैलाई हानेर भागे । ‘
उक्त घटनामा सामान्य घाइते भएकी खाजुमको उपचार भैरहेको छ ।