चर्चित नेपाली कलाकारहरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।
केबीसी अस्ट्रेलियाको आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा भएको छ । आज गायिका रचना रिमाल तास्मानियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाईभमा चुईगम चपाई रहेकी हुन्छिन् ।
उनको साथमा आयोगक चिरञ्जिवी देवकोटापनि देखिन्छन् । लाईभमा उनलाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेकअप नगर्ने काहिलेकाही मात्र कार्यक्रममा गर्ने गरेको बताइन् ।
लाईभमा नै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलिया भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् । रचनाको अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेलाबेला गीत गाएकी थिइन् । चुइगम चपाईरहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।