काठमाडौँ, शुक्रबार बिहान करिब ३ः३० बजे खसेको पहिरोको कारण देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गको सडक पुरिँदा सवारीसाधन आवागमन अवरुद्ध भएको छ ।
राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खस्दा बिहानै देखी सवारी साधन आवागमन प्रभावित भएको हो । लामो समयदेखि दुवैतर्फ सवारी रोकिँदा हाल राजमार्गमा सवारीको लामो लाइन बनेको चितवन प्रहरीले जनाएको छ ।
राजमार्गका विभिन्न सडक खण्डको स्तरोन्नति गरेता पनि सामान्य वर्षा हुँदासमेत पहिरो खस्ने समस्या भने अझै उस्तै रहेको छ ।