पशुपतिनाथको दर्शन गर्न पाउँदा धन्य छु : अनुपम खेर

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो ।

एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे ।

बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर खेरले पूजाआजा गरे । पशुपतिमा जाँदा आफूलाई ऊर्जा प्राप्त हुने भन्दै उनले खुसी व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया