परम्पराको नाममा लिङ्गको टुप्पो काट्दा महोत्तरीमा दुई महिने बालकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, महोत्तरीको लोहारपट्टि नगरपालिकामा परम्परा निभाउने चक्करमा दुई महिने बालकको ज्यान गएको छ । इस्लाम धर्मको परम्परा निभाउने नाममा दुई महिने बालकको लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हो ।

उक्त धर्म अनुसार सोमबार बालकको बालक खतना अर्थात लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने परम्परा गरिएको थियो । प्रहरीक अनुसार खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हो ।

इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका थिए । त्यस पश्चात बालकको उच्च रक्तस्राव भएको थियो र उनलाई अस्पताल पुर्याइएको थियो ।

उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना बारे अनुसन्धान गरेर सम्बन्धित व्यक्तिलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया