लहान, २६ चैत्र । नेकपाका केही जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएका हुँदा उनीहरुले विकासको नाममा पार्टीलाई बद्नाम गर्ने काम गरिरहेकाले त्यस्ता जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउने उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
लहान महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेल भन्छन्, ‘ सिरहामा पनि यस्ता जनप्रतिनिधिहरु रहेको सुन्नमा आएको छ । तिनीहरुको लागि हामीले बचाउ गर्न नसकिने स्पष्ट पार्न चाहन्छु । अहिले यो सरकारले विकास निर्माणको जग खडा गरेको छ । अब दिवार खडा गर्ने बेलामा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरे भने त्यस्तालाई कुनै शक्तिले बचाउँदै । ‘
सिरहाका गाउँपालिका र नगरपालिकाका प्रमुखले लक्षितवर्गको कार्यक्रम सँघसस्थामार्फत गराउनुपर्ने ठाउँमा आफै समान्य खर्च गरेर लाखौँ भ्रष्टाचार गरेका छन् । विकास निर्माणको काममा नातागोतालाई उपभोक्ता समिति बनाएर लाखौं भ्रष्टाचार गरेको हो । स्थानीयलाई काम नदिएर कमिशनमा बाहिरियालाई काम दिने गरेका पालिका प्रमुखहरु भ्रष्टाचारमा लिप्त छन् ।
मधेशी मैथलीमै बोल्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘ भारतमा अन्य देशबाट विवाह गरेर ल्याएका महिलालाई ७ बर्षमा नागरिकता दिने गरेको छ । नेपालमा चाहिँ कसरी आउने वितिकै नागरिकता दिने त ? ‘ साथै उनले अब नागरिकतालाई राजनीतिक विषय बन्न नदिने पनि बताए ।
यो देशमा कुनै एक जातको बहुमत छैन । यो अल्पसंख्यकहरुको देश हो । त्यसैले धोतीले दौरासुरुवाल र दौरासुरुवालले धोतीलाई हेप्न पाइदैन । सबैको भाषा, सँस्कृति, भेषभुषा, सँस्कारलाई सम्मान गर्नुपर्छ अनि मात्रै यो देशमा विकास र अधिकार सवल हुन्छ भन्दै उनले नेपाल रह्यो भने मात्र पहडिया र मधेशीया रहन्छन् भने ।
उपप्रधानमन्त्री पोखरेल बताउँछन्, ‘ लहान आँपको राजधानी हो । मुनीजीलाई भन्छु दिमागमा योजना र आँखामा सपना हेर्नुस् । लहानको विकासको लागि प्रदेश र संघीय सरकारसँग कार्यक्रम ल्याउन हामी सहयोग गर्छौं । यहाँको उद्योग, कलकारखाना, कृषि उत्पादनमा जोड दिनुस् । अनि मात्रै ‘हाम्रो लहान समृद्ध लहान’ को नारा सार्थक हुन्छ । ‘
लहानले सलहेश सर्किट, वडा २४ मानिकदहमा उद्योगक्षेत्र, कृषि उत्पादनको लागि विशेष क्षेत्र तयार गर्न जोड दिँदै आएको छ । आजको कार्यक्रम लहान नगरपालिकाका प्रमुख मुनी साहका सभाध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री रामचन्द्र यादव, लहानका वडाध्यक्ष तथा अधिकतम संघसंस्थाका प्रतिनिधिहरुलाई मेचआसन नगराएको व्यापक गुनासो चलेको थियो ।