जगदिश गिरी/पब्लिक आवाज
नेपाल आइडलको ग्राण्ड ‘फिनाले’ हिजो शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा समापन भएको छ । ग्राण्ड फिनाले अपवाद बाहेक साँच्चिकै नाम जस्तै ग्रान्डनै बन्यो । आइडलका ती अपवाद बने सन्दीप क्षेत्री । स्ट्याण्डर्ड कमेडीयनको परिचय बनाएका सन्दीपलाई पाएको सफलताको मात चडे्को छरपस्ट देख्निथ्यो । आइडलको फिनालेमा उनको पनि प्रस्तुती रहेको थियो ।
उनले आफ्नो प्रस्तुतीमा कमेडीका नाममा भद्दा मजाक गरेका छन् । स्टेज उक्लिदै उनले आफ्नो भद्दा मजाको सिलसिला सुरु गरे ।उनको पहिलो शिकार बने नेपाल आइडल सिजन २ का होस्ट आशिफ शाह , क्षेत्रीले आशिफको बरेमा अपाच्य र भद्दा मजाक गरे । पछि आशिफ रिसाए र स्टेजमै माफि माग्न लगाए । आशिफले उनलाई बोलाउँदा उच्च सम्मानका साथ कमेडी किङ भनेर बोलएका थिए । जुन कुरा सन्दीपलाई पाच्य भएन । अर्की होस्ट रिमा विश्वकर्मालाई पनि स्टेजमा बोलाएर सन्दीपले अपमान गरे रिमालाई सन्दीपले ठाडैं “तँ” भने ,यस्को यो यस्तो , त्यो त्यस्तो त कांग्रेसी आदिइत्यादि सबै भन्न भ्याँए ।
तर “तँ” भन्न चाँहि छोडेनन् उनले आफ्नो भद्दा मजाकको सिलसिला रोकेनन् क्रमश : वाद्य वादनमा भएका सबैको अपमान गरे यहाँ सम्मकी उनले नेपाल आइडलकी जज इन्द्रिरा जोशीलाई पनि “तँ” भनेर सम्बोधन गरे जुन सुन्दा एकदम निम्न स्तरिय लागेको थियो । अन्य २ जना जजहरु लाई पनि बाँकी राखेनन आफ्ना मूखछाडा केहि शब्द नभनि रहन सकेन्न् । वाद्य वादन र संगीतमा भएका व्यक्तिहरुलाई गरेको व्यवहारले उनिहरुको अनुहारमा अपामान बोध भएको प्रस्ट देखिन्थ्यो । अरुलाई सम्मान गर्न नसिकेका सन्दीपले कमेडीका नाममा गरेका यी हर्कत निन्दनीय छन् ।
कमेडीका नाममा आफ्नो मगज गुमाउनु सन्दीपको ठूलो भुल थियो । त्यहाँ उपस्थित दर्शक सन्दीपलाई हेर्न नभई आइडल हेर्न आएका थिए भन्ने उनले नबिर्सेको भए राम्रो हुन्थ्यो ? सायद ,
कमेडीका नाममा उनले म्युजिसियन लगायत जज हरु संग गरेको तुच्छ व्यवहार , अपमाजनक शब्द , अरुलाई होच्याउने ,ठाडै ‘तँ’ भन्ने जस्ता कार्य कमेडीको नाममा कलंक हो भन्दा त्यति फरक नपर्ला ।
नेपाल आइडलको ग्राण्ड फिनालेमा सन्दीपको प्रस्तुती यस भिडियोमा २ घण्टा ४४ मिनेट बाट सुरु भएको छ भिडियो हेर्नुहोस्
सन्दीपको अहिले चौतर्फिक आलोचना हुन थालेको छ । केहि घण्टा अगाडि कान्तिपुरका पत्रकार गोर्कण गौतमले आफ्नो फेसबुकमा लेखेका छन् ।
सन्दीप क्षेत्रीको भद्दा मजाक !
हिजो नेपाल आइडलको ग्रान्ड फिनालेमा होस्ट आशिफ शाहले सन्दीप क्षेत्रीलाई `King of stand up comedy´ भन्दै मान गरेर स्टेजमा बोलाए, त्यस्को मिनेट बित्न पाको थिएन, उनै सन्दीपले आशिफको अपमान गरे, कथित कमेडीको नाममा । आशिफ रिसाए, सन्दीपले सरी भनेपछि मात्र स्टेज छोडे ।
अर्की होस्ट रीमा विश्वकर्मा र म्युजिसयनलाई मात्र होइन, निर्णायक इन्दिरा जोशीलाई समेत सन्दीपले ठाडै `तँ´ भने । अरु निर्णायकलाई पनि होच्याउने काम भयो । यो comedy कम, insult ज्यादा हो ।
त्यो स्कृप्ट शो निर्देशकबाट पास भएको हो भने त अझ खेदजनक छ । हिजोको शोको सबैभन्दा खल्लो लाग्ने र बिझाउने पक्ष त्यही लाग्यो । उल्लेखनीय अर्को पक्ष, यहि नेपाल आइडलको यही संस्करणका दौरान केही समय अगाडी सन्दिपकै #MeToo मजाकका कारण संबंधित टेलिभिजनले माफी माग्नु परेको थियो । तैपनि फेरि… ।
अर्कालाई हेप्नु, अपमान गर्नु, ठाडो र तुच्छ शब्द बोल्नु, होच्याउनु कमेडी होइन । अनि बिचबिचमा अंग्रेजी घुसाउदैमा स्ट्यान्डर्ड कमेडी हुन्न । कमेडीको पनि सिमा होला नि !!
कम्तीमा कमेडियनले कमेडीको इज्जत गर्नु पर्छ । तबमात्र कमेडियनले अन्तरआत्माबाट सम्मान पाउँछन् ।
(नोट : सन्दीप यो समयका सवैभन्दा रुचाइएका कमेडियन हुन, यस्मा शंका छैन तर हिजोको प्रस्तुतिमा त्यो परिपक्वता र उचाई झल्किएन । यो टिप्पणी त्यही प्रस्तुतिमा सिमित छ, अहिलेका लागि ।)
उक्त पोस्टमा सबैले समर्थन जनाएका छन् ।
हेर्नुहोस् गौतमले लेखेको स्टेट्स :
नेपालको सबै भन्दा ठूलो सिङगिङ शो मा यो प्रकारको प्रस्तुतीलाई स्थान दिनु आयोजकको सबै भन्दा ठूलो भुल हो । बेला बेलामा होस्टहरुले नेपाल आइडले सिकाएको यो संस्कार त्यो संस्कार भनेर भनेका कुरा सन्दीपको भद्दा कामेडीले पुराना संस्कारका कुरा हाँसो मात्र भए । देशकै ठूलो सियालिटी ‘शो’मा सन्दीपको प्रस्तुतीको स्कृप्ट नेपाल आइडलका निर्देशकबाट पास भएको हो भने निर्देशको कार्य पनि खेदजनक छ । यदी स्कृप्टनै नहेरेरै प्रस्तुत गर्न लगाएको हो भने यो कार्य झनै निन्दनीय छ । यसै विषयमा पब्लिक आवाजको नेपाल आइडलका निर्देशक सुरेश पौडेल संग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन् । हुन त सन्दीप नेपाल आइडलको सिजन २ को अन्य श्रृंखलामा पनि आलोचित भइसकेका छन् । उनल‘मि टु’ को बारेमा मजाक उडाए पछि सन्दीप आलोचित भएका थिए ।
पछिल्लो समय नेपाला पनि चर्चामा रहेको ‘मि टु’ महिलामाथि विभिन्न कालखण्डमा भएका यौनजन्य हिंसा र दुरव्यवहारका घटना तथा पात्रलाई पीडित व्यक्तिकै मुखबाट सार्वजनिक गर्ने विश्वव्यापी अभियान हो ।
भारत र अन्य देशका घटना हेर्दा नेपालमा ‘मि टु’ ले धेरै भीआईपीलाई एक्सपोज गरिसकेको छैन् ।‘मि टु’ अभियानले विश्वव्यापी रुपमा मानिसको सोच बदल्न थालेको छ । भने, वर्षौ पहिला आफूमाथि भएका यौनजन्य दुरव्यवहारको विरुद्धमा उभिन सक्ने आधार पनि बनेको छ ।
आफूमाथि विभिन्न कालखण्डमा भएका यौन शोषण, दुरव्यवहार वा हिंसाका घटना र पात्रलाई जस्ताको तस्तै सार्वजनिक गरेर दोषीलाई कानुनी कठ्घरामा उभ्याएको छ । भने , आफू परिवार र समाजमा सम्मानित भएर बाँच्न पाउने ग्यारेन्टी सुनिश्चित भएको छ । बिकसित देशहरुमा ‘मि टु’को फाइदा यौन हिंसामा परेका महिलालाई मात्र नभएर पुरुषहरुलाई पनि भएको छ ।
सन्दीप क्षेत्रीले नेपाल आइडल सिजन २ कै केहि समय अगाडीको इपिसोडमा ‘मु टु’ अभियानको मजाक उडाएका थिए । उनको चौतर्पिmक आलोचना भए पछि एपी वान एचडीले माफिनै मग्नु परेको थियो । सम्बन्धित टेलिभिजनले माफि माग्दा पनि सन्दीपले माफि मागेनन् ।
ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएका भएको नेपाल आइडलको सिजन–२ का विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाए । आर्का अब्बल दावेदार प्रतिस्पर्धी मानिएका विक्राम बराल फस्ट रनर अप भएका छन । सुमित पाठक सेकेण्ड रनर अप भएका छन ।उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।
भने , अस्मिता अधिकारी थर्ड रनर अफ हुदैँ स्कुटर प्रप्त गरेकी छिन् । एपीवान एचडीले संचालन गरेको नेपाल आइडल सिजन २ मा अन्नपूर्ण नेटर्वकका अध्यक्ष रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।