जगदिश गिरी/ पब्लिक अवाज
काठमाडौं | नायक अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलर सार्वजनिक कार्यक्रममा आनमोलले आफ्नो प्रतिस्पर्धा नेपाली सिनेमा संग नभई विदेशी सिनेमा संग भएको बताएका छन् । शुक्रबार भएको फिल्म ‘क्याप्टेन’को ट्रेलर रिलिजमा उनले ‘अहिले हाम्रो प्रतिस्पर्धा हलिउड, बलिउड सँग भएको’ बताए ।
अनमोल अभिनित प्रदर्शनमा आएका पछिल्ला चलचित्रले निर्मातालाई नाफा दिन नसकेको अवस्थामा आफ्नो प्रतिस्पर्धा विदेशी सिनेमा संग हो भन्नु हास्यास्पद हो । उनले आफू अभिनित चलचित्रको प्रतिस्पर्धा हलिउड र बलिउड संग हो भन्नु सस्तो मजाक सिवाय अरु केही हुन सक्दैन् । करोडौं लगानीमा बन्ने र सयौंकरोड कमाउने ती हलिउड ,बलिउडका चलचित्र संग अनमोल मात्रै हैन् उनका बुवा भुबन केसीले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहँदैन ।
उच्च प्रबिधि , अधिकतम लगानी दिग्गज कलाकार र विश्वव्यापी सिने बजार भएको हलिउड ,बलिउड संग हाम्रो प्रतिस्पर्धा हो भन्नु ‘अनमोल केसीले मनको लड्डु घ्यू संग खानु ‘ हो । नेपाली सिने क्षेत्रका एक्सन किंग निखील उप्रेतीलाई एक अन्तवार्तामा सोधिएको थियो यदि ‘बहुबली ‘ नेपालमा बने तपाईलाई कुन भूमिका उपयुक्त हुन्छ ? निखीलले लामोहाँसो पछि पत्रकारलाई प्रश्न गरे “’बहुबली’लाई मजाक सोच्नु भा’को छ ? नेपालले बहुबली जस्तो चलचित्र बनाउन लामो संर्घष गर्नु पर्छ ।
अहिलेको अवस्थामा यस्ता प्रकारका कुरा गर्नु सस्तो मजाक मात्रै हो” । सय बढी चलचित्रमा अभिनय गरेका, एक दशक बढी नेपाली चलचित्रमा राज गरेका उप्रेतीको भनाई बाट प्रस्ट हुन्छ । अहिलेको अवस्था हामीले यो संग प्रतिस्पर्धा त्यो संग प्रतिस्पर्धा छ भनेर भन्नु ‘मुखमा आइहाल्यो भनिहाले जस्तै हो’ नेपालमै सर्वाधिक व्यापार गरेका “छक्का पञ्जा’ ,’कोहिनूर ‘ लगायतका चलचित्रको ३० प्रतिशत पनि व्यापार गर्न नसकेका अनमोलले यसरी ठट्यौलीकुरा गर्नु भन्दा गरेर देखाउनु उचित हुन ।
अहिलेको समयमा महंगा , रुचाईएका सिमित नायक भित्र अनमोल पनि पर्छन् भन्ने दुई मत छैन् । तर,आकाशको तारा नै झारेर ल्याउँछु जस्ता डाइलोक चलचित्रको पर्दामा मात्र शोभनीय हुन्छन् भन्ने कुरा नबिर्सेको राम्रो ।
‘लभ र रोमान्टिक फिल्ममा अभिनय गर्ने केसीका लागि प्रदर्शनको तयारीमा रहेको क्याप्टेन भने फरक हुने छ । उनि यस फिल्ममा फुटबल खेलाडीको भूमिकामा देखिएका छ । फिल्मका लागि तीन महिना फुटबलको ट्रेनिङसमेत लिएका केसीले भने “खेलाडी बन्ने काम निकै गाह्रो रहेछ ” ।
फिल्ममा अनमोलका अलाभा उपासना सिंह ठकुरी , प्रियंका एमभी ,सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको पनि अभिनय छ ।फिल्मका निर्माता अनमोलका पिता भुवन केसी हुन् । पटकथा सामीप्यराज तिमल्सिनाको रहेको फिल्म फागुन १७ बाट देशै भरी प्रदर्शनमा आउँदै छ ।