नेपालमा ८ लाख मानिस डिप्रेशनको सिकार !

फाइल फोटो

काठमाडौँ, खाली मन उदास हुनु मात्रलाई डिप्रेशन भनिदैन । यो बाँकी रोगहरु जस्तै एक रोग हो जसले सम्बन्धित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ ।

यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ हाल विश्वभर करिब ३० करोड मानिसहरू डिप्रेसनको शिकार भएक छन् । नेपालको कुरा गर्ने हो भने नेपालमा ८ लाख ९० मानिस त्यस्ता छन् जो डिप्रेशनका शिकार भएका छन् ।

यो विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यसबारे चिकित्सकहरुको भनाइ छ, ‘ नेपालमा डिप्रेसनको रोगीको संख्या घटाउन गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्दछ । ‘

नेपालमा डिप्रेशनका मुख्य कारक पारिवारिक कलह, कार्य असफल हुनु, श्रीमान विदेशिनु, प्रेम वियोग , आफन्त वा नजिकको मासिन मर्नु, , व्यापारमा नोक्सानी , हुनु बेरोजगारी हुनु, गार्जेनशीप नपाउनु, राजनीति असन्तुलन आदि रहेको बताइन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया