नेपालमा पहिलो पटक बर्डफ्लुबाट एक युवकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, बर्डफ्लुको कारण काभ्रेमा २१ वर्षीय युवकको मृत्यु भएको छ । उनको मृत्यु ‘ एच फाइभ एनवान ‘ को कारण भएको बुझिएको छ ।

खोकी, स्वासप्रश्वास लगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा चैत १५  मृत्यु भएको थियो । कुन रोगको कारण उनको मृत्यु भएको भन्ने कुरा चाहिँ खुल्न सकेको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामी युवकको र्‍याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया