नेपालमा पहिलो पटक ३ मंसीर, काठमाडौंमा स्वतन्त्र युवाहरुको समूहको आयोजनामा सोमबार अन्तर्रा्ष्ट्रिय पुरुष दिवस मनाइएको छ । पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ
।‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्न भन्ने सन्देशका लागि पनि कार्यक्रम गरेको आयोजकले जनाएको छ । संयोजक सन्जोग ठकुरीका अनुसार बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएका बताए ।
कार्यक्रममा प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए ।
यूएन मेन लिड्स नेटवर्कका सदस्यसमेत रहेका पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्तीकरणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए ।
साथै संयोजक सन्जोग ठकुरी महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको उनको भनाइ छ ।