नेपालतिर चीनका भवन, चीनले लाप्चामा नौवटा घर बनायो

तस्बिर सौजन्य : पाल्जोर तामाङ/ अन्नपूर्णपोस्ट

सिमकोट, ४ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए।

यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए। आजको अन्नपूर्णपोस्टमा अर्जुन बोहराले समाचार लेख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया