काठमाडाैं। नेपालको नाम लिदै अमेरिकी विदेशमन्त्रीले गरेको घोषणाले भारत र चीन् झस्किएका छन्। एमसीसी पास भएपछि चीनले घुमाउरो भाषामा असुन्तुष्टि जनाईसकेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्।
नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं।
उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो।सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे थियाे। त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएकाे थियाे।
त्यस्तै, ताइवानलाई युक्रेनसँग तुलना गरिएपछि चीन आक्रोशित भएको छ। जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेले अप्रिल १२ मा अमेरिकी अखबार लस एन्जलस टाइम्समा युक्रेन र ताइवानको तुलना गर्दै लेख लेखेका थिए ।
लेखमा उनले अमेरिकाले यदि आवश्यक भएमा ताइवानलाई सहयोग गर्न खडा हुनेछ भन्ने स्पष्ट पार्नु पर्ने बताएका थिए । यस लेखको जवाफमा चिनियाँ कन्सुल जनरल झाङ पिङले पत्रिकालाई पत्र लेख्दै शिन्जो आबेको लेखप्रति कडा आपत्ति जनाएका छन्।
लेखको जवाफमा उनले लेखेका छन् – ‘ओप-एड लेखक शिन्जो आबेले गैरजिम्मेवार टिप्पणी गरे, अमेरिकालाई यो स्पष्ट गर्न आग्रह गरे कि ऊ ताइवानको रक्षामा खडा हुनेछ। यो दुई मुख्य देशबीच द्वन्द्व भड्काउने कार्य मात्र हो । चीनले यस्तो कुरालाई कडाइका साथ अस्वीकार गर्छ।’