काठमाडौँ, फाल्गुन २३ गते बिहिबार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालद्वारा नेपालको संघिय संरचना अनुसारको प्रशासनिक नक्सा सर्वागानिक गरिएको छ । सार्वजनिक आधिकिरिक नक्सामा कालापानी र लिपुलेक पनि समेटिएको छ ।
नक्सामा अंकित ७ प्रदेश मध्य गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य ४ ( प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ ) प्रदेशको नाम तोकिएको छैन । उक्त नक्सामा ७ प्रदेश, ७७ जिल्ला (सिमाना सहित ), न्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल पनि उल्लेख गरिएको छ ।
नक्सा सार्वजनिक बारे मंत्री अर्याल भन्नुहुन्छ, ‘अन्योलता हटाउनको लागि नयाँ नक्सा लिएका छौँ, यसले नक्शासम्वन्धी विवाद हटाउने छ ।’ साथै सबै प्रदेशको नामाकरण नभएको कारण नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको मंत्री अर्यालको भनाइ छ ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताउनु भएको छ भने त्यहिँ विज्ञहरुले लिम्पियाधुरा लगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको बताएका छन् ।