सरकार चुनबोले पनी “नेपालको भूमिमाथि भारतको अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण” गराउन चीन पुगेर पहल गरें’ – फणीन्द्र

भारतले करीब ६० हजार वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरी उपनिवेश कायम गरेको विषय अन्तर्राष्ट्रियकरण भएको छ । सुरुमा जेनेभामा नेपालको गैरराजनीतिक क्षेत्रबाट ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यो विषय उठाएको थियो भने हालै चीनको राजधानी बेजिङमा यही कुरा दोहोरिएको छ ।

यही मे १४ देखि १७ सम्म चीनको राजधानी बेजिङ्गमा सम्पन्न एसियन विसडम तउ प्रमोट पोलिटिकल एडभान्समेन्ट सम्मेलनमा ग्रेटर नेपाल औपचारिक रूपमा सहभागी भएको थियो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले त्यहाँ नेपालको करिब ६०००० वर्ग किलोमिटर भूभागमा भारतले उपनिवेश कायम गरेको विषय उठाउनुभएको थियो ।

जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपतिद्वारा उदघाटित कार्यक्रममा ४६ वटा एसियाली मुलुकसहित सयौँ देशका प्रतिनिधिले भाग लिएको सम्मेलनमा नेपालले उठाएको मुद्दाबाट एकातिर सुगौली सन्धि अवैध हो भन्ने कुरा र अर्कोतिर नेपालको ठूलो भूभागमा भारतीय उपनिवेश कायम रहँदै आएको भन्ने विषयको अन्तर्राष्ट्रियकरणसमेत भएको मोर्चाद्वारा जारी विज्ञप्तिमाा जनाइएको छ ।

मोर्चाका अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- “नेपालमा कालापानीमा अर्ध सैनिक बल राखेर भारतले नेपालको ४०० वर्ग किलोमिटरभन्दा बढी जमिन कब्जा गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु त परै जाओस् , नेपाल सरकारले द्विपक्षीय रूपमा पनि कुरा उठाउन नसकिरहेको परिप्रेक्ष्यमा बेजिङ्गको एक अन्तर्राष्ट्रियकरण मञ्चमा सुगौली सन्धिको विरोधमा भारतीय उपनिवेश कायम रहेको नेपाली जमिन स्वतन्त्र हुनुपर्छ भन्ने आवाज उठाउनु त्यसै पनि साधारण कुरा होइन ।

यसबाट सुगौली सन्धिमा गुमेको नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन भारतले फिर्ता गर्नुपर्ने नैतिक दबाब तीव्र रूपमा बढेर गएको छ , जुन नेपाल र नेपालीका निम्ति रोमाञ्चक कुरा हो ।”

यस अवसरमा मलाई यो ऐतिहासिक अवसर प्रदान गर्ने बेजिङ्गका आयोजकप्रति आभार प्रकट गर्दै राष्ट्रवादी नेपाली जनताका तर्फबाट बेजिङ्गमा पुगेर नेपाली जनताको अन्तरात्माको आवाज मुखरित गर्न पाउँदा मेरो काँधमा थप जिम्मेवारी बढेको अनुभूति भएको र यसले मलाई झन् उत्साहित बनाएकोमा देशविदेशमा रहेका सबै नेपालीसमक्ष जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि दृढ भएर अगाडि बढ्ने सङ्कल्प अध्यक्ष नेपालले विज्ञप्तिमार्फत गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया