काठमाडौँ, मानिसहरु गत आईतबार बारा-पर्सामा आएको खतरनाक आँधीहुरीको त्रासले अझै पनि त्रसित नै छन् । यस्तैमा भारतीय पृथ्वी विज्ञान मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरेको छ ।
उक्त विज्ञप्तीमा नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगर लगायतका स्थानमा आँधीहुरी आउन सक्ने हुँदा सावधान रहन आग्रह गरिएको छ । भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना रहेको बताइएको छ ।
मौसम केन्द्रले गत अप्रिल ४ मा गारी गरेको प्रेस विज्ञप्तिमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्र संगै नेपालको लुम्बिनी आसपासका क्षेत्र, महाराजगंज, सिद्दार्थनगरमा पनि आँधी आउन सक्ने बताइएको छ ।