नेकपाको बैठकमा कुर्सी विवाद,सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो

१६ असार, काठमाडौं । नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी वि’वाद पर्दै आएको छ यो कुनै नौलौ कुरा होइन् । १६ असार मंगलबार बसेको बैठकमा पनि त्यस्तै वि’वाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।

बैठक उ’दघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा बसेका थिए ।

पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर वि’रोध जनाएका थिए ।शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आउनु भएन्।शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बस्नु भयो । तर, सोफामा हैन, काठकै कुर्सीमा ।

पुन.मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रा’न्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ ।मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

यसअघि अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया