निर्वाचन आयोगले भन्यो : स्थानीय चुनावमा लोकप्रिय मतमा कांग्रेस पहिलो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया