काठमाडौँ, झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुने १५ वर्षीय प्रनिल प्रसाईं रहेका छन् ।
उक्त पोखरी मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीले शनिबार दिउँसो पौडी खेल्ने क्रममा उनको मृत्यु भएको जनाएको छ ।
घटनाबारे प्रसाईंसंगै पौडी खेल्न पोखरीमा पसेका ६ साथिले उनि बाहिर ननिस्किएपछि उनका अभिभावकलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी पोकरीमा पुगेको थियो ।
प्रहरीको टोलीले प्रसाईंको शवलाई पोखरीबाट निकालेको हो । सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा रहेको समितिका अध्यक्ष मुकेश सुब्बाले बताएका छन् ।
निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको थियो । वन हेरालु खाना खान गएको बेलामा उक्त दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।