पब्लिक अवाज/संवाददाता
बलात्कार पछि हत्या गरीएकी कञ्चपुरकी बालीका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान क्रममा प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आज साँझ सम्ममा आउन सक्ने बताएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट आज साँझसम्म आउने छ ।
घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले भन्यो, ‘सम्भवतः आजै साँझसम्ममा रिपोर्ट आइसक्छ । चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यतै खोल्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ रावलमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा मुद्दा चलाएको थियो ।
त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो । सीआईबीका अनुसन्धान अधिकारीका अनुसार एक जाना अभियुक्त अझै फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ । रावलले दिएको जानकारीका आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको छ । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई प्रहरीले छोडेको छ ।