पब्लिक आवाज / संवाददाता
बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका हत्याराको खोजी कार्य जारी रहेको छ । यसै बिच पन्तको हत्याको आरोपको शंकामा सोमबार प्रहरीले कञ्चनपुरबाट ७ जना युवालाई प्रक्राउ गरेको थियो । ६ जनालाई अनुसन्धानपछि घटनामा संलग्नता नदेखिएकाले छोडेको र बाँकी एक जना माथि अनुसन्धान चलिरहेको छ ।
अनुसन्धानका क्रममा नियन्त्रणमा राखेका प्रदीप रावलको सिआइवीले बयान लिरहेको छ । आइजीपी राती २ बजे फिर्ता भएपछि रोकिएको बयान आज विहान ७ बजेदेखि पुनः शुरु भएको हो । सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए । मंगलबार रावलको डीएनए परीक्षणका लागि पठाइएको छ ।
डीएनए परीक्षणको रिपार्ट नआएकाले कारवाही प्रक्रिया अगाडि बढ्न सकेको छैन् । रावल माथी शंका रहेकाले उनलाई थप बयान लिन थालिएको सिआइवी स्रोतले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्च अधिकारी सहितको बुधबार गृहमन्त्रालयलमा बसेको विशेषज्ञ टोली बनाउने बारेको छलफलमा सीआइवीले भने पक्राउ परेका रावलमाथि अनुसन्धान जारी राखेको थियो ।
बुधबार दिउसो ४ बजे प्रधानकार्यालय पुगेका आइजीपी खनाललाई सिआइवी प्रमुखले थप शंकासहति रावललाई नियन्त्रणमा लिएको जानकारी गराएका थिए। यद्यपि ६ बजेमात्रै आइजीपीलाई रावलमाथि अनुसन्धान गरेको प्रगति विवरण बारे जानकारी गराएपछि आइजीपी खनाल आफै राती १० बजे सिआइवी पुगेका थिए । उनी रावलको बयानसँगै २ बजे मात्रै सिआइवीबाट निवास फर्केका थिए । साउन ११ गते भारत मामाघर गएका रावल नेपाल फर्केका थिए । तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले उनलाइ सोधपुछ गरी छाडेका थिए ।
प्रहरीले त्यसरी छाडेपछि उनी पुनः भारत गएका थिए । लागू औषध प्रयोगकर्ता रावल माथी विशेष छानविन भईरहेको छ । कञ्चनपुरबाट ल्याएका ७ मध्ये ६ जनालाई अनुसन्धानपछि घटनामा संलग्नता नदेखिएकाले छोडिएको सिआइबी स्रोतले जनाएको छ । रावलको भने डिएनए परीक्षण गरी हिरासतमा राखिएको छ । उनको डीएनएलाई निर्मलाको भेजिनल स्वाबसँग म्याच गराइने छ । यदि १८ बर्षीय रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढ्ने छ । सञ्चारमाध्यममा निर्मला हत्या प्रकरणमा उपत्यकाबाट एक पक्राउ भनेर समाचार आइरहेका बेला ७ जना कञ्चनपुरबाट ल्याइएको सिआइबी स्रोतले जानकरी दिएको छ । रावल अहिले प्रहरीको हिरासतमा छन् ।