निर्मला बलात्कार – हत्या प्रकरण : आईजीपी खनालसहितको विज्ञ टोली कञ्चनपुरतर्फ

फाइल तस्वीर

काठमाडौं : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानले अझै गति लिन सकेको छैन् । घटनाले ५ महिना समय पूरा गरिसक्दा पनि अझै हत्यारा पत्तालाग्न सकेको छैन् । घटनाको केहि समय पछि कञ्चनपुरमा प्रहरी र सीआइबीका धरै टोलीले अनुसन्धान गरिरहेका छन् ।
तर पनि अनुसन्धान तुषारापात छ ।
पन्त बलात्कार पछि हत्याको नयाँ ढंगबाट अनुसन्धान सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञको टोली कञ्चनपुरतर्फ गएको छ ।

तर यस विषयमा जिल्ला कञ्चनपुर प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी संग पब्लिक आवाजले बुझ्न खोज्दा उहाँले यस बारे आपूmलाई जानकारी नभएको बातए । मैले पनि आउने हाल्ला सुनेको हो तर पुग्नु भएको छैन् ।

स्रोतका अनुसार आइजीपी नेतृत्वको टोलीमा टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका सई गजेन्द्र रावल लगायत छन् ।

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको पुनः निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने कञ्चनपुर प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया