काठमाडौँ, निर्मला हत्या प्रकरणका प्रमाण नष्ट गरेको अभियोगमा परेका अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
केहि समय अघि फरार रहेका उनिलाई अदालतले अदालतमा हाजिर हुन मिति तोकेको थियो । उनि संगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट पनि फरार थिए । केहि दिन अघि मात्र विष्ट अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका हुन् । जिसी सहित पक्राउ परेका ८ प्रहरी मध्य ७ जना धरौटीमा रिहा भएपछी उनि पनि सोमबार दिउँसो अदालातमा हाजुर हुन पुगेका थिए ।
बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासबाट भएको थुनछेक बहसपछि जिसीबाट ९ लाख धरौटी लिन आदेश जारी भएको छ । उनि रकम ९ लाख धरौटीमा छुटिने भएका छन् ।