काठमाडौँ, निर्मल हत्याकाण्डको बारेमा त हामी सबै अवगत नै छौँ । यस घटनाको यत्रो समय बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु यो हामी सबैको लागी एक लज्जास्पद कुरा हो ।
यहि हत्याकाण्डको छानबिन शिलशिलाको क्रममा अदालतले हत्यामा जोडिएका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहिबार पनि अदालतमा उपस्थित नभेपछि उनिहरुलाई फरारको सुचिमा राख्दै २१ दिनभित्र अदालतमा उपस्थित हुने आदेश दिएको छ । हत्याको प्रमाण मेटाउन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टले भुमिका खेलेको आरोप छ ।
अदालतले कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्ट र यातना सम्बन्धी २ मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको जनाउँदै उनीहरुको बयान लिएको बताइएको छ । उनीहरु सहित अन्या ४ जना हाल प्रहरी हिरासतमा छन् ।