काठमाडौँ, केहि दिन अघि मात्र निर्मला पन्तकी आमाले दिलिप सिंह बिस्ट विष्टलाई पुन पक्राउ गर्न माग गरेकी थिइन् । अब फेरी अर्को कुरा खुलेको छ ।
सोहि दिलिप सिंह विष्टलाई बचाउको लागी एक पत्रकारले प्रहरी अधिकारीलाई दबाब दिएको कुरा बाहिर आएको छ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई भण्डारीले आफ्नो साला भएकाले छुटाउन भन्दै एसएमएस पठाएको कुरा खुलेको छ ।
कन्चनपुरका पत्रकार खेम भण्डारी अघि देखि नै निर्मला पन्तको हत्या प्रकरणलाई लिएर निकै भ्रामक र उत्तेजित खालका समाचारहरु पनि लेख्दै आएका थिए । साथै उनले अदालतको पनि मानहानी हुने खालका समाचार लेखेका कारण कन्चनपुर बार एसोसियसनले उनि विरुद्ध जिल्ला अदालतमा निवेदन पेश गरेकों छ ।
यिनै कुराहरुलाई मध्यनजर राख्दै अनुसान्धनालाई प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा उनि माथि जिल्ला अदालतमा मुद्दा दर्ताको तैयारी भएको छ ।
उनले लेखेका एसएमएस यस प्रकार छ : ‘ तपाइँको जानकारीको लागी दिलिप मेरा साला हुन् । ‘