काठमाडौँ, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारबाट प्राप्त हेन राहत रकम बुझेकी छिन् ।
निर्मलाको परिवारलाई तिन तहको सरकारले कुल १८ लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएको थियो । सोही राहत रकम बुझेर उक्त रकम २ छोरीको भविष्य निर्माणमा खर्चिने उनले बताएकी छिन् ।
निर्मलले न्याय नपाउँदा सम्म राहत रकम नलिने अडान लिएकी उनले एकाएक राहत रकम बुझेकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।