पब्लिक आवाज / संवाददाता
काठमाडौं । बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तको न्यायको लागि कञ्चनपुर सहित देशै भरी धर्ना,प्रदर्शन लगायतका बिभिन्न न्यायिक कार्यक्रम भइरहेका छन् ।
कञ्चनपुरमा लामो समय देखि भइरहेको धर्ना आज पनि यथावथ रहेको छ । निर्मलाको न्याय र छिटो दोषी पहिचान गरेर सर्वजनिको माग गर्दै त्यहाँका नागरिक आज जिल्ला प्रशासन कार्यलय कञ्चनपुरको गेटमा कालो पट्टी बाधेर धर्नामा बसेका छन् ।
सरकारले भने चौतर्फिक विरोध खेपेर पनि आफ्नो मौनता कायम राखेको छ ।
ताजा अवस्थाका फोटोहरु :
(सबै तस्बिरहरु महिला अधिकारकर्मी शारदा चन्दको फेसबुकवाल बाट)