नेपाली काग्रेंसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काग्रेंसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकैले जनविश्वास टुट्दै गइरहेको पनि बताए ।
जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । ’तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्’, उनले भने, ’तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म र्पुयाउँछु ।’
उनले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल काग्रेंसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए साडे तिन महिनासम्ममा अनुसन्धान मा कुनै प्रगती नहुदा निर्मला पन्तका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै पीडित परिवार धर्ना बसेको १० दिन पुगिसक्यो । पीडित परिवार र महिला अधिकारकर्मीले जतिसुकै दबाबका कार्यक्रम अघि बढाए पनि घटनाको अनुसन्धानमा भने अझै पनि ठोस प्रगति हुन सकेको छैन । आज निर्मलाका बुवा यज्ञराजको स्वास्थ्य अवस्था पनि दिन प्रतिदिन बिग्रँदै गएको छ ।
घटना भएको साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि पीडित परिवारले कात्तिक २५ देखि जिल्ला प्रशासन कार्यालयअघि अनिश्चितकालीन धर्ना सुरु गरेको थियो ।‘प्रहरीले अहिले पनि सही तरिकाले अनुसन्धान गरिरहेको छैन, त्यही भएर धर्ना बस्नुपरेको हो,’ यज्ञराजले भने, ‘अनुसन्धानका नाममा टोलीमाथि टोली गठन भए तर उपलब्धि केही आएन ।’ उनले जस्तोसुकै अवस्था आए पनि अपराधी सार्वजनिक नभएसम्म धर्ना नछाड्ने अडान लिएका छन्न् ।धर्नामा विभिन्न राजनीतिक दल स्थानीय र संघ संस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।