निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् ।

‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया