सिरहा । निरन्तरको अविरल वर्षाका कारण सिरहा करागारमा रहेका कैदीहरुको विजोग भएको छ ।
पानी पसेका कारण कैदी वन्दीहरुलाई खाना पकाउन, बस्न, सुत्न तथा शौच गर्न समेत समस्या भएको छ ।
बुधबारदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सिरहा करागार डुवानमा परेको हो ।
वर्षाको पानीले करागार जलमग्न बनेको छ भने माथिबाट समेत चुहिरहेछ ।
कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहमा समेत पानी प्रवेश गर्दा पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको हो ।
पानीको उचित निकास नभएर करागार परिसर तालमा परिणत भएको छ ।
पानी पसेका कारण कैदी वन्दीहरुलाई खाना पकाउन, बस्न, सुत्न तथा शौच गर्न समेत समस्या भएको छ ।