काठमाडौँ, आन्तरिक राजश्व कार्यालय भक्तपुरकोकार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार घुस लिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस लिए लगत्तै उनलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त जगातीको अनुसार अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।