काठमाडौँ, सरकारले विप्लबका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण सडकमा कतै पनि बन्दकर्ता नदेखिएका भए पनि विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।
यस्तैमा नवलपुरको सदरमुकाम कावासोतिमा ठूलो आवाजमा बम बिस्फोट भएको खबर आएको छ । कावासोती स्थित जीला प्रहरी कार्यालय अगाडी भएको बम विस्फोटमा कुनै पनि मानविय क्षति नभएको थप बारे अनुसन्धान भैरहेको जीला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विस्फोट पछि आएको वारुदको गन्धले सकेट बमको अनुमान लगाइएको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताएका छन् । यसैगरी विभिन्न स्थानमा भेटिएको बमले जनजीवनलाई त्रसित बनाएको छ ।