नपढेको तुलनामा पढेको जनशक्तिको विदेश मोह बढ्दो, शिक्षा नीतिमा सुधार आवश्यक : प्रचण्ड !

फाइल फोटो

काठमाडौँ, बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाको निम्ति शिक्षा नीति सुधार हुनुपर्ने बताएका छन् ।

नपढेको जनशक्तिको तुलनामा पढेको जनशक्ति अधिक विदेश पलायन भैरहेका बताउँदै भने, ‘ देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ । ‘

उनले भने, ‘ हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ । ‘

प्राविधिक र व्यवसायिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने कुरामा उनले जोड दिएका छन् ।

उनि भन्छन्, ‘ हामीले त्यस्तो शिक्षा दिन थाल्यौं भने स्वतः त्यसबाट उत्पादित जनशक्ति नेपालको वस्तुगत परिस्थिति अनुसार उसले कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योगहरु स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्दछ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया