नदीमा तैरिएको अवस्थामा एक शव फेला, हत्या गरि फालेको आशंका !

फाइल फोटो

काठमाडौँ, बुधबार बिहान महोत्तरीको रातो नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २५ बर्षीय पुरुषको शवको पहिचान भने खुल्न सकेको छैन ।

स्थानियले शवको मुखभरी रगत देखिएको हुँदा हत्या गरि फालिएको हुन सक्ने आशंका गरेको छ भने प्रहरीले आनुसन्धन जारी रहेको बताएको छ ।

शवको पोष्टमार्टमपछि मात्र वास्तविकता थाहा हुने घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया