नगदसहित आठ जुवाडे पक्राउ,घरको दोस्रो तलाबाट खसेर मृत्यु

मुग्लिन, १८ साउन/चितवन प्रहरीले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–३ स्थित विद्युत् डाँडाका जितमान मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा तास खेलिरहेको स्थानबाट नगद रु ४४ हजार ३७० र तीन बुक ताससमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिनुभयो ।

घरको दोस्रो तलाबाट खसेर मृत्यु

चितवनमा आफ्नै घरबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । निर्माणाधीन आफ्नै घरको दोस्रो तलाबाट आज खसेर घाइते भएका रत्ननगरपालिका वडा नं ६ का ५३ वर्षीय चित्रनाथ आचार्यको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आचार्यको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया