काठमाडौँ, धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा आगामी २३ गते काठमाडौंमा कलाकार र क्रिकेट खेलाडीहरु बीच ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजित हुने भएको छ ।
उक्त प्रतियोगिताको उद्देश्य धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउने रहेको छ ।
त्रिवि क्रिकेट मैदानमा हुन लागेको उक्त खेलमा खेलाडीको तर्फबाट पारस खड्का कप्तान रहेका छन् भने कलाकारहरुको तर्फबाट हाँस्य कलाकार हरिवंश आचार्य कप्तान रहेका छन् । खेल हेर्न टिकेट डर रु ३०० देखि रु १००० समा रहेको छ ।
३ अर्व लागत अनुमान गरिएको उक्त अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी नै रहेको भए पनि यसले थप सहयोग पुर्याउने उनीहरुको विस्वास छ ।