धारिलो हतियार प्रहार गरि युवकको हत्या !

फाइल फोटो

काठमाडौँ, शनिबार दैलेखमा धारिलो हतियार प्रहार गरि एल युवक को हत्या गरिएको छ ।

भैरवी गाउँपालिका–६ कुटीमा यस घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीका अनुसार शनिबार राति ११ बजे महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको हो ।

राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी सिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या किन र के-का लागी भयो भन्ने बारे अझै खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया