धमाधम एसईई चलिरहँदा नवलपुरमा १० दिन विद्युत् बन्द !

फाइल फोटो

काठमाडौँ, हाल देशभर एसईई परिक्षा चलिरहेको छ । यस्तैमा विद्युत् प्राधिकरण कावासोतीले नवलपुर क्षत्रमा १० दिनका लागि विद्युत् आपूर्ति बन्द गरेको छ ।

देवचुली नगरपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभी सबस्टेसनमा जडान गरिएको पावर ट्रान्सफर्मरमा समस्या आएपछि यो कदम चालिएको हो । मर्मतको लागी प्राधिकरणले सोमबारदेखि विद्युत् आपूर्ति बन्द गरेको छ ।

विद्युत् प्राधिकरण कावासोतीका प्रमुख राजीवकुमार शर्मा भन्छन्, ‘ बुटवल र काठमाडौंबाट आएका प्राविधिकले समस्या समाधानका लागि प्रयास गरिरहेका छन् । तर, तत्काल समस्या समाधान हुने स्थिति छैन । ‘ साथै उनले स्थानियको सहजको लागी विद्युत् आपूर्तिको वैकल्पिक प्रयास गैँडाकोटमा चितवन भरतपुरको फिडरबाट र नवलपरासी पश्चिम बर्दघाटको फिडरबाट भैरहेको पनि बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया