काठमाडौँ। समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अरबौं रूपियाँको लागतमा भ्यूटावर निर्माण गर्नुको सट्टा सुविधासम्पन्न अस्पताल अस्पताल बनाएर स्वदेशमै उपचार गर्न सुझाव दिएका हुन् ।
नेकपाका अध्यक्ष प्रचण्ड, पत्नी र छोरीसहित मंगलबार संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेको र प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने चर्चा चलेपछि भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् ।
देश हाँकिरहनुभएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामकानिम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभआराम होस्! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधासम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?
— Baburam Bhattarai (@brb1954) July 31, 2019
उनले बुधबार सामाजिक सञ्जाल (ट्वीटर) मा लेखेका छन् ;”देश हाँकिरहनुभएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामकानिम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभआराम होस्! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधासम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?”







