काठमाडौँ, हाँस्य कलाकार दिपक राज गिरी एक सामाजिक कलाकार पनि हुन् । उनको सामाजिक संजालमा आइरहने स्ट्याटस हेरेर यो भन्न सकिन्छ कि उनि समाजक हरेक घटना प्रति चिन्तित रहन्छन् ।
उनि प्राय समाजका अन्याय प्रति आफ्नो आवाज उठाई नै रहन्छन् । यस्ता कुराहरुमा उनको सामाजिक संजालमा स्ट्याटसहरु देख्न पाइन्छ । हाल मात्र भएको सी. के. राउत संगको ११ बुँदे सहमति र यसमा भएका आलोचना, विभिन्न बिचार र क्रियाकलाप बारे उनले पोस्ट गरेका छन् ।
उनले हिजो एक स्ट्याटस लेखेका थिए, ‘राउत लाइ डाउट गरेर काम छैन अब.. यहाँ ८०% नेताको बिगत बन्दूक़ वा विखन्डन नै थियो… ।’ यस्तैमा आज पनि उनले एक स्ट्याटस लेखेका छन् । उनि लेख्छन्, ‘ देशले अन्याय गरेको छ भने बोलि हाल्नु पर्छ, देशै मेरो होइन भन्ने लाइ चाहि गोली हान्नु पर्छ ….!!! ।’