काठमाडौँ, २२ कार्तिक । गत २४ घण्टामा उपत्यकामा १५१२ सहित देशभर २,७५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख २७ हजार ७ सयभन्दा बढीको पिसिआर परीक्षण भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०,१५३ नमुना पीसीआर परीक्षण गर्दा २,९०९ जना सङ्क्रमित पुष्टि भएको शुक्रवार जनाएको थियो।
मन्त्रालयका अनुसार १८ जनाको मृत्यु भएको थियो भने ४,५०० जना सङ्क्रमणमुक्त भएका थिए।पछिल्ला दिनहरूमा दैनिक परीक्षण गरिएका नमुनामध्ये २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिने गरेको छ।