काठमाडौँ, केहि समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा पार्टी प्रवेश गरेकी नायिका रेखा थापाले सरकारले विप्लव माथि लगाएको प्रतिवन्दको प्रतिवाद हुने बताएकी छिन् ।
बुधबार बिहान ट्विटरमा ट्वीट पोस्ट गर्दै सरकारले जबर्जस्ती युद्ध थोपर्न थालेको बताएकी छिन् । सरकारले विखण्डनकारी सिके राउतलाई अंगालो हालेको र देशभक्त विप्लवमाथि प्रतिबन्ध लगाएर नेपाली जनतालाई तर्साउन खोजेको बताएकी छिन् ।
प्रतिबन्ध गलत ब हेको बताउँदै उनि लेख्छिन्, ‘यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो! देशभक्त ‘विप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हुने निश्चित छ ।’ उनि भन्छिन्, ‘सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजी रहेको छ, जून क़ुरा दुर्भाग्यपूर्ण हुनेछ। आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो !’